शनिबार, वैशाख १५, २०८१

एनटिभी इटहरीको प्रसारण केन्द्र उद्घाटन

नेपालखोज २०७६ माघ १७ गते २१:०६

इटहरी । नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट शुक्रबारदेखि प्रसारण सेवा शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत केन्द्र उद्घाटन गर्दै एनटिभी इटहरी प्रसारण केन्द्रले प्रदेश १, २ दुई तथा सिङ्गो राष्ट्रको समृद्धिमा टेवा पु¥याउने आशा व्यक्त गरे । नेपाल टेलिभिजनको ३५औँं वार्षिकोत्सवका अवसरमा इटहरीबाट प्रसारण थालनी गरिएको केन्द्रको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट बटन थिचेर आज उद्घाटन गरेका हुन्।

अहिले सरकारले अघि सारेको ‘हरेक दिन एक कदम’ अगाडि भन्ने सरकारको लक्ष्यलाई यसले सघाउ पु¥याउने आशासमेत व्यक्त गरे । केन्द्रले नेपालको पूर्व क्षेत्रकाधार्मिक, सांस्कृतिक विशिष्टतालाई उजागर गर्ने विश्वाससमेत व्यक्त गरे।

कार्यक्रमका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो क्षमता, दक्षता र योग्यताका आधारमा मात्र मर्यादित र गुणस्तरीय पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

प्रतिक्रिया