आइतबार, वैशाख १४, २०८२

आज सोमबार पशुपतिनाथको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ माघ २० गते ६:१०

सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

आज २० माघ २०७६ सोमवार को राशिफल

मेष
आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मिथुन
सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।

सिंह
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

तुला
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्ला ।

धनु
न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ
निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

बृष
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कर्कट
मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

कन्या
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

बृश्चिक
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मकर
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ ।

मीन
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया