शुक्रबार, वैशाख १२, २०८२

काठमाडौंको उत्तरी क्षेत्र धर्मस्थलीमा प्रभु वैक

नेपालखोज २०७६ माघ २० गते १३:५५

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं. ०८ धर्मस्थलीमा २ सय ७ औ शाखाका रुपमा नयाँ शाखा विस्तार गरेको छ ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले आज वैकको शाखा उद्घाटन गरेका छ । वैकको शाखा उद्घाटन गर्दै मेयर बोहोराले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा दिएको प्रसंशा व्यक्त गरे ।

उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको कामना गरेका थिए ।

बैंकको धर्मस्थली शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने वैकले विश्वसा लिएको छ ।

साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने र सो क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ समेत वैकले आशा लिएको छ ।

प्रतिक्रिया