एमसीसी अध्ययन कार्यदलको बैठक सम्पन्न

नेपालखोज २०७६ माघ २० गते १५:४३

काठमाडौं । सत्तारुढ दल नेपाला कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले गठन गरेको एमसीसी अध्ययन सम्बन्धी कार्यदलको बैठक सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक आज बसेको हो ।

बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको उपस्थिति थियो ।

एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो ।

खनाल नेतृत्वको समितिले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाएपछि मात्र यस सम्बन्धी प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

प्रतिक्रिया