शुक्रबार, वैशाख १२, २०८२

घोरसाइने गाउँको ८ मिटर बाटो शिलान्यास

नेपालखोज २०७६ माघ २० गते १७:००

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा कार्यालयबाट घोरसाईने गाउँ जाने ८ मिटर चौडा सडक खण्डको विस्तारका लागि तीन करोडको लागतमा कालोपत्र गर्न शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले आज उक्त कार्यक्रममा सो सडक खण्डको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै संसाद बस्नेतले आउँदो वर्षमा नेपाललाई विकासउन्मुख राष्ट्र घोषणा गर्ने बताए । सरकारले काम नगरेको जनताको गुनासो गलत रहेको बताउँदै उनले स्थानीय स्तरमा विकास निर्माणको बजेत सरकारबाट नभई स्थानीय सरकार वा प्रदेश सरकारबाट आएको जनमानसमा रहेको छ तर त्यो बजेट सरकारले नै स्थानीय र प्रदेश सरकारलाई दिएको जनताले नबुझेको बताए ।

प्रतिक्रिया