शनिबार, असार २, २०८१

अछममा वडाध्यक्ष मृत भेटिए, हत्याको आशंका

नेपालखोज २०७६ माघ २१ गते ९:४२

२१ माघ, अछाम । अछममा वडाध्यक्ष मृत फेला परेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् । वडाध्यक्ष धामीको शव मंगलबार आज बिहान भेटिएको हो ।

घटनाको प्रकृति हेर्दा उनको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले थप अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिन सक्ने बताएको छ । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया