शनिबार, वैशाख ८, २०८१

मिर्गौला छिट्टै ट्रान्सप्लान्ट गर्छु : प्रधानमन्त्री ओली

नेपालखोज २०७६ माघ २२ गते ७:४२

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारीमा रहेको बताएका छन् । मिर्गौला ट्रान्सप्लान्ट गरी स्वस्थ भएर मुलुकलाई बाँकी तीन वर्षसम्ममा नयाँ उचाइका साथ अगाडि बढाउने योजनामा आफू रहेको उनले स्पस्ट पारे ।

‘तीन वर्षपछि निर्वाचन हुन्छ, तीन वर्षपछि निर्वाचन हुन्छ, तीन वर्षसम्म म नै प्रधानमन्त्री हो । तपाईंहरूलाई बताइदिऊँ,’ अब छिट्टै मिर्गौला ट्रान्सप्लान्ट गर्छु र देश विकासको महाअभियानमा लाग्छु, त्यसमा तपाईंहरू सबैले साथ दिनुपर्छ,’ प्रधानमन्त्री ओलीले सम्पादकहरूसँग भने । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया