सोमबार, वैशाख ३१, २०८१

आदित्य र नेहाको विवाह हुने पक्कापक्की, सोनी टिभीले भिडियो जारी गर्यो

नेपालखोज २०७६ माघ २२ गते ८:३६

एजेन्सी । लामो समयदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ ।

यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको छ । सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी दुई रोमान्स गरिरहेको देख्न सकिन्छ ।

जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नाचिरहेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुबैको परिवार पनि विवाहको लागि राजी छ । उदित नारायणले त निकै अघि यसमा स्विकारोक्ति दिइसकेका छन् ।

प्रतिक्रिया