शुक्रबार, वैशाख १४, २०८१

कंगनाको कार्यालय डोजर लगाएर भत्काइयो

नेपालखोज २०७७ भदौ २४ गते १९:५१

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय डोजर चलाएर भत्काइएको छ । मुम्बइ सरकारले कंगनाको कार्यालयमा डोजर चलाएको हो ।

कंगनाले उक्त भवन अवैध रुपमा बनाएको कारण देखाउँदै बृहन्मुम्बई महानगरपालिकाले डोजर प्रयोग गरी कार्यालय भत्काइदिएको हो । महानगरले यसअघि नै २४ घन्टे अल्टिमेटमसहित बीएमसीले नोटिस टाँसेको थियो ।

कंगना भने मुम्बइ पुग्नुअघि नै उनको कार्यालय भत्काइएको हो । कंगनाले यस घटनाको विरोध गर्दै ट्वीटरमा समेत लेखेकी छन् । उनले कार्यालय फेरि निर्माण गर्ने भन्दै सरकारलाई चेतावनी दिएकी छन् ।

कंगनाको केही सातादेखि नै महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेसँग विदविवाद हुँदैआएको थियो । सुशान्त सिंह राजपुतको मृत्यु र रिया चक्रवर्तीको पक्राउबारे कंगनाले सार्वजनिक रुपमा विवादित अभिव्यक्ति दिँदैआएकी छन् ।

यसबारे महाराष्ट्रका मन्त्री सञ्जय राउतलगायत नेताहरुसँग वाकयुद्ध नै चल्दैआएको छ । कंगनाले उक्त घटनालाई महराष्ट्र सरकारका ुगुन्डाहरुु आफ्नो अफिस पुगेको र अफिस भत्काएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया