बिहीबार, असोज ४, २०८०

कांग्रेस कार्यसमिति बैठक स्थगित

नेपालखोज २०७६ माघ २२ गते १५:४२

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेका लागि स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको बैठक पार्टी नेताहरुको कार्यव्यवस्तता देखाउँदै बैठक स्थगित गरिएको हो ।

यसअघि माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न बिहीबार बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया