सोमबार, माघ २८, २०८१

वडाध्यक्षमाथि कुटपिट

नेपालखोज २०७६ चैत १७ गते १२:२६

बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ । उनिमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ ।

Advertisement

यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए ।

प्रतिक्रिया