बिहीबार, वैशाख १३, २०८१

टुल्की आजदेखि हलमा

नेपालखोज २०८० जेठ १२ गते ६:४२

काठमाडाैं । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आजदेखि प्रदर्शन भएकाे छ । ‘द पाल्म ग्रुप ’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित कथानक चलचित्र टुल्की देशभर एकसाथ प्रदर्शन हुन लागेको हो । डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा कुप्रथाका रूपमा अझै कायम रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताए । यो चलचित्रको छायाङ्कन डोल्पाको शे फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा गरिएको छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्किएकी केटी प्रेम विवाह गरेर उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ पुगिसकेपछि उनले बहुपति प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त भोग्नुपरेको कथा यो चलचित्रमा उजागर गरिएको छ । यो चलचित्रको निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका हुन ।

शेखर लामाको प्रस्तुतिमा निर्माण गरिएको चलचित्र टुल्कीको कथा लक्ष्मण सुनारले लेखेका हुन भने ‘स्क्रिन प्ले’ शेखर लामाको छ । चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ । यो चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने आदि कलाकारले अभिनय गरेका छन् । स्रोत : rss

प्रतिक्रिया