बिहीबार, असोज ३, २०८१

चीनबाट फर्किएकालाई भक्तपुरमा राख्ने भनेपछि स्थानीय आक्रोसित

नेपालखोज २०७६ माघ २२ गते १७:०९

भक्तपुर । चीनबाट नेपाल फर्किने नेपालीलाई भक्तपुरमा ल्याइने भएपछि स्थानीबासी आक्रोसित भएका छन् । कोरोना भाइरसको आतंक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने भएपछि बुधबार स्थानीय आन्दोलित बनेका हुन् ।

कालो झण् र नारासहित नगरपालिका घेराउ गर्दै उनीहरुले चीनबाट ल्याउन लागिएका नेपालीलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न ज्ञापन पत्र बुझाएका छन् । प्रदेश संसाद कृष्णलाल भडेलले चीनबाट ल्याउन लागेका नेपालीलाई निगरानीका लागि मानव बस्ती माझको स्थान चयन गरेर गलत भएको बताए ।

चीनबाट ल्याउन लागिएका १८० जना नेपालीलाई १४ दिन स्वास्थ निगरानिका लागि राख्न भक्तपुरलाई सरकारले चयन गरेको छ ।

प्रतिक्रिया