बिहीबार, माघ १०, २०८१

आजको राष्ट्रियसभा बैठकबाट मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

नेपालखोज २०७६ माघ २३ गते १०:२३

२३ माघ, काठमाडौं । विहिबार आज राष्ट्रियसभा बैठकबाट मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गर्ने बिहिबार आजको कार्यसूची छ । त्यसअघि मिडिया काउन्सिल विधेयकमा छलफल हुने छ ।

Advertisement

समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्तावित व्यवस्था हटाएर नयाँ आउने पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था विधेयकमा थप गरिएको छ ।

राष्ट्रियसभाबाट गत आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी थियो ।

प्रतिक्रिया