यौन दुर्व्यवहारको घटनामा मुछिए प्रहरीका पूर्व डिएसपी
काठमाण्डौ । यौन दुर्व्यवहारको आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहरीमा आत्मसमर्पण गरेको घटना सेलाउन नपाउँदै एकजना पूर्व प्रहरी अधिकृतले महिलामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
डेढ महिना अगाडि नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी दर्ता भएको छ । योसँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको बुझिएको छ ।
यद्यपि, खिउजु भने आफूविरुद्ध उजुरी पर्न लागेको चाल पाएलगत्तै फरार भइसकेका छन् । दुई दिनदेखि उनको मोबाइल पनि बन्द छ ।
यसअघि बुधबार साँझ ५ बजे ललितपुरको महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध किटानी जोहरी दिएकी थिइन् । उनको साँझै पाटन अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ ।
प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।
प्रतिक्रिया