आज पश्चिमी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना
नेपालखोज
२०७६ माघ २४ गते ८:२७
२४ माघ, काठमाण्डौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात र वर्षाको सम्भावना रहे पनि तत्काल ठूलो पानी वा हिउँ पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज शुक्रबार राति पनि सामान्य हिमपात र हल्का वर्षाको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
अहिले देशको पहाडी भेगको केही ठाउँमा आंशिकदेखि सामान्य बादल लागेको र बाँकी ठाउँमा सामान्यतया मौसम सफा रहेको उनले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया