शनिबार, वैशाख १५, २०८१

कमेडी च्याम्पियन्स कोरोना संक्रमणको जाेखिममा

नेपालखोज २०७८ वैशाख ७ गते १२:५२

काठमाडाैं । कमेडी च्याम्पियन्स २ को सुटिङ एक साताका लागि सरेको छ। एक जना प्रतियोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुटिङ सरेको आयोजकले जनाएको छ।

शोले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् एक जना प्रतियोगीमा संक्रमण देखिएको जानकारी दिएको हो। ‘कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना संक्रमण देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको छ,’ च्याम्पियन्स शोले फेसबुकमा लेखेको  छ,’ टिमका बाँकी सदस्यको पनि परीक्षण जारी छ र क्वारेन्टिन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको छ।’

प्रतिक्रिया