आशा लघुवित्तको साढे दुई लाख बोनस सेयर सूचीकृत
नेपालखोज
२०७६ माघ २४ गते ८:५९
२४ माघ, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । उक्त संस्थाको २ लाख ४८ हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बुधबार मात्रै संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । नुवाकोटको ककनीमा केन्द्रिय कार्यालय रहेको संस्थाको हालसम्म २३ लाख २२ हजार ८८० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ७३० रुपैयाँ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया