शुक्रबार, वैशाख १२, २०८२

कांग्रेस संसदीय दलको आरोप, ‘अख्तियार ओली आयोग बन्यो’

नेपालखोज २०७६ माघ २४ गते १३:१३

काठमाण्डौ । कांग्रेसले संवैधानिक आयोग अख्तियार दुरुपययोग आयोग नेकपाका अध्यक्ष ओली आयोग भएको आरोप लगाएको छ ।

शुक्रबार विहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्ना पार्टीका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध ललिता निवास जग्गा प्रकरणमा बुधबार विशेष अदालतमा मुद्दा दर्ता गर्दा राजनीतिक पूर्वाग्रह राखिएको आरोप लगाएको छ ।

बैठकले विगतमा तत्कालिन अवस्थमा बनेको शाही आयोग जस्तै अख्तियार दुरुपयोग आयोग ओली आयोग भएको बताएको छ ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवा र उपनेता गच्छदारले सरकार र नेकपाले व्यक्तिमाथि नभई कांग्रेस माथिको आक्रमण गरेको बताए ।

कांग्रेसले आफ्ना नेता गच्छदारमाथि लगाइएको आरोप कांग्रेसलाई सिध्याउने खेल भएको तर्क गर्दै बिहीबारको संसद अवरुद्ध गरेको थियो भने शुक्रबारको सदन पनि चल्न नदिने निर्णय आज बसेको बैठकले गरेको छ । यस्तै आफ्ना भातृ संस्थालाई यसको विरुद्धमा कार्यक्रम गर्ने विहीबार नै कांग्रेसले निर्देशन दिएको थियो । सोही मुताविक आज दिउँसो १ बजे कांग्रेस भातृ संगठनले माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्दैछन् ।

प्रतिक्रिया