शुक्रबार, वैशाख १२, २०८२

श्रेष्ठ र खुञ्जेली उत्कृष्ट व्यवस्थापक

नेपालखोज २०७६ माघ २४ गते १६:३१

काठमाण्डौ । म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान)ले यस वर्षको म्यानेजर अफ दी इयरको उपाधी दुईजना बैंकरलाई प्रदान गरेको छ ।
काठमाण्डौको होटल याक एण्ड यतिमा आयोजना भइरहेको संघको सम्मेलनको अवरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीलाई यो अवार्ड प्रदान गरेको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले म्यानेजर अफ दि इयरको उपाधि श्रेष्ठ र उत्कृष्ट महिला व्यवस्थापक मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुन्जेलीलाई प्रदान गरेका हुन् ।

सम्मेलनले म्यानको नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका इन्जिनियर सुशील भट्ट नेतृत्वको वर्तमान कार्यसमितिको म्याद सकिएको छ ।

नयाँ नेतृत्वका लागि शुक्रबार साँझ देखि मतदान हुँदैछ ।

प्रतिक्रिया