वान कि मुन शान्ति पुरस्कारबाट सम्मानित
दक्षिण कोरिया । डा. सन् म्योङ मुनको १०० औं जन्म जयन्तीको अवसरमा दक्षिण कोरीयाको राजधानी सउलमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्व महासचिव वान कि मुनलाई सन् हाक शान्ति पुरस्कारबाट सम्मान गरिएको छ।
य. पि. एफ.की सह– सस्थापक एंव डा. सन् म्योङ मुनकी धर्मपत्नी डा. हाक जा हान् मुनले उक्त सम्मान प्रदान गरेका हुन्।
कार्यक्रममा सम्म्मान स्वीकार समारोहमा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले आफुलाई यो सम्मानले अझ जिम्मेवार बनाएको बताउँदै डा. सन् म्योङ मुन र डा.हाक जा हान् मुनले बिश्व शान्ति अभियानमा पु¥याएको योगदानको चर्चा गरे ।
कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, फिलिपिन्सकी उप राष्ट्रपति लेनि रबॅरेडि लगायत नााइजेरियाा, किरिबास, फिनल्यान्ड, भारत, पाकिस्तान लगायत दुई दर्जनभन्दा बढि देशका पुर्ब प्रमुख, उप प्रमुख एवं प्रधानमन्त्रीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सिनेगालका विदेश मन्त्री अमादुबाले सिनेगाल राष्ट्रको तर्फबाट शान्तिकि आमा (मदर अफॅ पिस)को सम्मान अर्पण गर्दै डा.हाक जा हान् मुन सिनेगाल र सम्पूर्ण सिनेगालि जनताहरूको हजुरआमा भएको बताए।
उक्त विश्व शान्ति सम्मेलन २०२० कार्यक्रममा गरेको उक्त कार्यक्रममा एक सय बिस भन्दा बढी देशका ५ हजार भन्दा बढी अति विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो। नेपालबाट पूर्व उप–राष्ट्रपति परमानन्द झा, पूर्व उप–प्रधानमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला, पूर्व मन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एक नाथ ढकाल, पूर्वमन्त्री तारामान गुरुङ, सासंद खतिवडा, पत्रकार ऋषि धमला लगायत तीन दर्जनभन्दा बढीको सहभागिता रहेको छ ।
प्रतिक्रिया