त्रिकोणात्मक सिरिज : नेपाल र अमेरिका आमनेसामने
नेपालखोज
२०७६ माघ २५ गते ८:५३
२५ माघ, काठमाडौँ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल केहिबेरमा सुरु हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।
लिग अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ । नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिका विरुद्ध नेपाल पहिलो अंकको खोजीमा आज मैदान उत्रिदै छ ।
सम्बन्धित
प्रतिक्रिया