राष्ट्रपति भण्डारीले गरिन् धरहरा र रानीपोखरीको अवलोकन
नेपालखोज
२०७६ माघ २५ गते ११:५९
२५ माघ, काठमाडौँ । पुनर्निर्माणको क्रममा रहेको रानीपोखरी र धरहराको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान रानीपोखरी र धरहरा क्षेत्रमा पुगेर त्यहाँ भइरहेको पुनर्निर्माण कार्यको अवलोकन तथा त्यसबारे जानकारी लिएकी छन् ।
राष्ट्रपति भण्डारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।
सोही क्रममा राष्ट्रपति भण्डारीले चीन सरकारको सहयोगमा हालै पुनर्निर्माण सम्पन्न भएको दरबार हाइ स्कुलको समेत अवलोकन गर्नु भएको छ ।
२०७२ वैशाख १२ को भूकम्पबाट ढलेको धरहरा, क्षतिग्रस्त बनेको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर र पोखरीको पुनर्निर्माण कार्य चलिरहेको छ । पुनर्निर्माण प्राधिकरणको अगुवाइमा उक्त कार्य भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया