सोमबार, वैशाख १५, २०८२

फेस रोलर प्रयोग गर्दा अनुहारमा यस्ता खाले फाइदाहरु हुन्छन्

नेपालखोज २०७६ माघ २६ गते १४:११

१. फेस रोलरले तपाईंले आफ्नो अनुहारमा मसाज गर्नु भयो भने छालासंग सम्बन्धि विभिन्न लाभहरु पाउने सक्नु हुनेछ ।

२.यसको प्रयोगले तनावलाई कम गर्न सकिन्छ र यसले अनुहार मालिस गरेपछि तपाईंले निकै आराम भएको अनुभव गर्नु हुनेछ ।

३.अनुहारमा रक्त परिसंचरणमा सुधार ल्याउँछ ।

४.फेस रोलरको उपयोग गर्नाले अनुहारमा रगतको प्रवाह उत्तेजित हुन्छ, जसले तपाईंको छाला चम्किलो बन्न सक्छ ।

५.रोलिङले अनुहारको पफनेसलाई कम गराउन सक्छ ।

६.यसले अनुहारको मालिश गर्नाले तपाईंको मूड अझ राम्रो बन्ने छ ।

७.यदि तपाईंले आफ्नो रोलरलाई फ्रिजमा स्टोर गरेर राख्नु हुन्छ र त्यसपछि फेस मसाज गर्नु हुन्छ भने त्यसले तपाईंको छालामा अझ बढि आराम र्पुयाउने छ । तपाईंको छालालाई यसले डी–पफ गर्न सक्छ र छिद्रहरुलाई कस्न सक्छ ।

८.रोलरहरुलाई खासगरी एउटा तेल अथवा मोइश्चराइजरसंग उपयोग गरिन्छ, ताकि तपाईंको छालामा उपकरण गुड्न सहज हुन्छ । त्यस प्रकारले एउटा मोइश्चराइजको साथले तपाईंको अनुहार अझ बढि चम्किलो तथा निखारिन्छ ।

९. रोलरको उपयोग अनुहारबाट तरल पदार्थ निकाल्नका लागि गरिन्छ, जुन तपाईंको अनुहारमा अस्थायी रुपले कतै जमेर बसेको हुन्छ । त्यसका लागि रोलरको प्रयोग कानको ठिक मुन्तिर पनि गर्नु पर्छ । यो प्रकृयाले तपाईंको च्यापूले समेत स्वस्थ हुने मौका पाउँछ ।

१० एउटा रोलरको प्रयोगले शरीरबाट विषाक्त पदार्थहरु बाहिर निकाल्न सकिन्छ । यो गतिविधिले अनुहारको विषाक्त पदार्थको निकासीलाई उत्तेजित बनाउँछ । यसप्रकारले तपाईंको अनुहार सफा गर्न समेत यो सहयोगी हुन सक्छ ।

प्रतिक्रिया