सुनको मूल्य फेरी बढ्यो
नेपालखोज
२०७६ माघ २६ गते १५:०३
काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुन प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ८८५ रुपैयाँ कायम रहेको थियो । केहि समय यता सुन र चाँदीको मूल्यमा केहि अस्थिरता देखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया