शनिबार, वैशाख ८, २०८१

नेपालमा परिक्षण गरिसके पश्चात भारतमा महिन्द्रा ‘एटम’ सार्वजनिक

नेपालखोज २०७६ माघ २६ गते १७:१८

काठमाडौँ। महिन्द्रा एटम क्वाटरसाइकलको नेपालका विभिन्न क्षेत्रमा परिक्षण पश्चात भारतको ग्रेटर नोयडामा चलिरहेको अटो एक्स्पो २०२० मा यसलाई सार्वजनिक गरिएको छ । भारतीय कम्पनीले उत्पादन गरेको यो क्वाटरसाइकल चालकसहित ३ जनालाई यात्रा गराउन सक्ने क्षमताको छ ।

नेपालमा महिन्द्राका इलेक्ट्रीक सवारीसाधन अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले बिक्री वितरण गर्दै आएको छ । साथै कम्पनीले नेपालको सडकमा यसको परिक्षण गरिसकेकाले एटम नेपाली बजारमा आउने निश्चित रहेको छ ।

कम्पनीले दुई वर्ष अगाडि अटो एक्स्पो २०१८ मा यसको प्रोटोटाइप सार्वजनिक गरेको थियो भने अहिले पूर्ण उत्पादन मोडल ल्याएको हो ।

दुई वटा मात्रै ढोका रहेको यो क्वाटरसाइकलमा १५ किलोवाटको व्याट्री प्याक र ४८ किलोवाटको मोटर दिइएको छ । यसले उच्चतम पावर २० बीएच प्रदान गर्ने जनाइएको छ । कम्पनीले यसको उच्चगति ७० किलोमिटर प्रतिघण्टा रहने र घरायसी बिजुलीबाट चार्जगर्दा ५ घन्टामा फुलचार्ज गर्न सकिने जनाइएको छ ।

कम्पनीले अटो एक्स्पोमा अवलोकन कर्तालाई एक्स्पेरियन्स गराईरहेको छ । हेर्दा फरक डिजाइनको देखिएपनि यसमा बस्ने स्थान प्रयाप्त रहेको छ भने यसलाई सहरी ट्याक्सीको रुपमा प्रयोग गर्न निकै उत्कृष्ट रहने छ ।

विशेषत सहरी क्षेत्रमा क्लिन इनर्जीको प्रयोगबाट चल्ने यस्ता गाडी उत्पादनमा महिन्द्राले विभिन्न किसिमका अध्ययन अनुषन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया