आईजीपी नियुक्तिका लागि बसेको मन्त्रिपरिषद बैठक निष्कर्ष विहिन
नेपालखोज
२०७६ माघ २७ गते १६:४०
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद बैठक निष्कर्ष विहिन सकिएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीको निर्णय गर्न बैठक बसेपनि सो निर्णय गर्न सकेन । स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ । तर, बैठकको छलफलकाबारे सरकारले आधिकारिक रुपमा केहि तथ्यपनि सार्वजनिक गरेको छैन ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् ।
अहिले खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।
सम्बन्धित

प्रतिक्रिया