शनिबार, वैशाख १३, २०८२

सिटिटिभीमार्फत् उपत्यकामा एकैदिन सय बढी कारबाहीमा

नेपालखोज २०७६ माघ २८ गते ८:४२

२८ माघ, काठमाडौँ । ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा एकैदिन एक सय जना सवारी चालकमाथि सिसिटिभीमार्फत् कारबाही गरेको छ । उनीहरुलाई ट्राफिक प्रहरीले सोमबार कारबाही गरेको हो ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिसिटिभी राखी सवारी चालकहरुमाथि निगरानी राख्दै आएको छ ।

सिसिटिभी फुटेज हेर्दा ट्राफिक नियम उलंघन गरेका सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । यसैक्रमम सोमबार काठमाडौं उपत्यकामा मात्र एक सय जनालाई कारबाही गरिएको हो ।

ट्राफ्रिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा मात्र विभिन्न ट्राफिक नियम उलंघन गर्ने २ हजार ५२ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८० जना, लेन मिच्ने २ सय ३५ जना, भाडाका कार तथा ट्याक्सी चालक ६० जना, जेब्राक्रसिङमा सवारी रोक्ने ६० जना, ट्रिपर चालक ३५ जना, फुटपाथमा पार्किङ गर्ने २ सय ६५ जना, निषेधित ठाउँमा हर्न बजाउने ५१ जना, अनाधिकृत पार्किङ गर्ने १ सय २७ जना र अन्य १ हजार ३९ जनालाई सोमबार कारबाही गरिएको छ।

प्रतिक्रिया