शुक्रबार, असोज ५, २०८०

प्रतिनिधि सभामा कारागार विधेयक पेश

नेपालखोज २०७६ माघ २९ गते १५:२६

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन् । हो । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो ।

यसैगरी, बैठकमा ‘बिरुवा संरक्षण पहिलो संशोधन’ विधेयकसम्बन्धी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीले सभामा उक्त प्रतिवेदन पेश गरेकी हुन् ।

प्रतिक्रिया