शनिबार, वैशाख १५, २०८१

सञ्चारकर्मीले सरकार र राज्यलाई सही दिशानिर्देश गर्नुपर्छ : मन्त्री गिरी

नेपालखोज २०७६ माघ २९ गते १९:५२

रुपन्दही । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सरकार र राजनीतिक दललाई सही दिशानिर्देश गर्नेगरी सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय समाचार समिति (रासस) प्रदेश ५ को आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा बुटवलमा सञ्चालित प्रदेशस्तरीय सञ्चारकर्मी क्षमता विकास कार्यक्रमको आज समापन कार्यक्रममा प्रमुख अतिथि मन्त्री गिरीले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै लेख्नुपर्ने बताए ।

प्रतिक्रिया