मंगलबार, असार ५, २०८१

पेट्रोल जफत

नेपालखोज २०७६ फागुन १ गते १६:१२

प्यूठान । प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री वितरण गरेको भन्दै २८८ लिटर पेट्रोल जफत गरेको छ । प्यूठान नगरपालिका–७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे १ च १९०३ नंको पिकअपले १६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका–१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए ।

प्यूठान नगरपालिका–८ मा वाग्दुलाको सावित्रा थापाको नोस्सा पेट्रोलपम्पमा बिक्री गर्दै गर्दा १२० लिटर पेट्रोल जफत गरेको प्रहरीले जनाएको छ । जफत पेट्रोल इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको छ ।

प्रतिक्रिया