शनिबार, जेठ ५, २०८१

नेपाल र भारत सीमा विवाद समाधानकालागि सर्भे टोली परिचालन

नेपालखोज २०७६ माघ १५ गते १९:००

कैलाली । नेपाल र भारतको संयुक्त सर्भे टोली कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि परिचालित भएको छ । भारतको उत्तराखण्ड राज्यको बनबासामा दुवै देशका सुरक्षा र सीमा अधिकारीको बैठकले संयुक्त सीमा सर्भे आरम्भ गरेको हो ।

दुई वर्षदेखि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुराको सिमाना मात्रै हेर्ने गरी चौथो संयुक्त सीमा सर्भे टोली गठन हुँदै आएको छ ।

दुवै टोलीलाई नयाँ पिलर निर्माण, भत्किएका पिलर मर्मत र सीमा विवाद भएका स्थानको रेकी गर्ने जिम्मेवारी छ। जोर नम्बरका पिलर भारतले र बिजोर पिलर नेपालले मर्मत गर्नुुपर्ने कार्यादेश छ ।

सन् २०१७ को सेप्टेम्बरमा भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा बसेको नेपाल–भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौं बैठकले दुवै देशका पाँच जिल्लाको सीमा सर्भेक्षणका लागि दुईपक्षीय टोली गठन गर्ने निर्णयअनुसार सुदूरपश्चिमका लागि छुट्टै सर्भे टोली गठन भएको हो ।

प्रतिक्रिया