शनिबार, वैशाख १३, २०८२

पानी जहाज चलाउने सरकारको सपनामा स्थानीयको अवरोध : सप्तकोशीमा चलाइएको जेट बोट बन्द

नेपालखोज २०७६ फागुन १ गते १६:३७

धरान । प्रदेश नम्बर १ स्थित चतराको सप्तकोशीमा सञ्चालित जेट बोटको सेवा बन्द भएको छ । व्यवसायिक असुरक्षा भएको भन्दै निजी कम्पनीहरुले चलाउँदै आएको उक्त जेट बोटको सेवा बुधबारदेखि बन्द भएको हो ।

सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराह क्षेत्र मरिन एन्ड रिसोर्ट र बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्राली गरि ४ वटा कम्पनीले साना र ठूला गरी ७ वटा जेट बोट सञ्चालन हुँदै आएका थिए । जेट बोटको सेवा कोशी पुलदेखि बराहक्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणी घाट र सिम्लेसम्म सञ्चालन हुँदै आएको थियो । उक्त सेवा अवरुद्ध भएपछि भोजपुर, खोटाङ, धनकुटाबाट दैनिक तराई आउजाउ गर्ने ७ सय यात्रु प्रभावित बनेका छन् ।

सडकबाट यात्रा गरेमा दिनभर लाग्ने बाटोमा जेट बोटबाट २० मिनेटमा यात्रा गर्दै आएका थिए । चतराबाट बराह क्षेत्र मन्दिर जम्मा १० मिनेटमा यात्रा हुने गरेको थियो । यसरी यात्रामा आउने यात्राहरुमा दैनिक ३ सय जति देशका विभिन्न स्थानबाट घुम्न आउने आन्तरिक पर्यटक हुने गरेको बताइएको छ ।

बोट सञ्चालनका लागि कुनै कानुन नबनाएको र व्यवसायिक सुरक्षा नभएकाले बाध्य भएर सेवा बन्द गरिएको व्यवसायीहरुले बताएका छन् । गर्नु परेको संचालक कार्कीले बताए । स्थानीयले विभिन्न माग राखेर पटक पटक दुःख दिने गरेको र त्यसको कानुनी स्पष्टता नहुँदा दुःख पाएको उनको भनाई छ ।

‘सरकारले पानी जहाज सञ्चालनका लागि कुनै कानुन नबनाउँदा स्थानीयले हुलहुज्जत गर्ने, कमिसन माग्ने, दुःख दिने काम बढी भयो, करोडौ लगानी गरेर प्रधानमन्त्री ज्यूले बोलेका कुरा पूरा गर्न हामी लाग्यौ तर स्थानीय सरकार हाम्रो समस्यामा आँखा चिम्लिएर बस्यो,’ व्यवसायीको गुनासो छ ।

१८ जनादेखि ६० जनासम्म अट्ने बोटहरु सप्तकोशीमा सञ्चालन हुँदै आएका थिए । बोट सञ्चालनपछि स्थानीयलाई यात्रा गर्न र समान ढुवानी गर्न निकै सजिलो भएको थियो ।

प्रतिक्रिया