सञ्चारकर्मी मिश्रको चलचित्र ‘धूलो’ फागुन १६ गतेदेखि प्रदर्शन हुने
काठमाण्डौ । चलचित्र निर्देशक प्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्र ‘धूलो’ यही फागुन १६ गतेबाट देशभर प्रदर्शन हुने भएको छ ।
लामो समयदेखि सञ्चार क्षेत्रमा संलग्न मिश्रद्वारा निर्देशित चलचित्र धूलोमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की लगायतका कलाकारको अभिनय रहेको छ । यसैगरी ‘धूलो’मा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवालाई समेत विशेष भूमिकामा देख्न सकिनेछ।
लक्ष्मी गौतम, नानीराम फुँयालले निर्माण गरेको चलचित्रमा दीपा धरेलको प्रस्तुति रहेको छ भने सुवास सिंह बस्न्यातको कथामा अर्जुन जिसीले सम्पादन गरेका हुन् । चलचित्रमा कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्।
सामाजिक बिषयस्तुमा आधारित चलचित्रले धूलोले काठमाण्डौको सुकुम्बासी बस्तीका गरिब रिक्सा चालकको संघर्षको कथालाई जिवन्त ढंगले उठाएको छ ।
प्रतिक्रिया