आज प्रणय दिवस, युवा पुस्ताले चाडकै रुपमा मनाउँदै
काठमाडौं । आज फेब्रुअरी १४ अर्थात प्रणय दिवस । विश्वभर आजको दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका रुपमा मनाइँदैछ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि युवा युवतीले प्रणय दिवसलाई चाँडकै रुपमा मनाउन थालेका छन् ।
अझ सहरी क्षेत्रमा यो दिवस संस्कृतिकै रूप रहेको छ । यस दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । युवा पुस्ताले भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्दछन् ।
भ्यालेन्टाइन डे इस्वी संवत् २६९ मा रोमनबाट मनाउँन शुरु भएको हो । इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोध र माया तथा विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा संसारभरि प्रेम दिवस मनाउँन थालिएको हो ।
सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे ।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएका थिए ।
प्रतिक्रिया