शनिबार, वैशाख १३, २०८२

ए डिभिजन लिगमा आज उपाधी भिडन्त, को बन्ला नयाँ च्याम्पियन ?

नेपालखोज २०७६ फागुन ३ गते ८:३१

काडमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

आज हुने अन्तिम खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । सहिद स्मारक ए डिभिजन लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

दुवै टिम लिगको नयाँ च्याम्पियन बन्न प्रयासरत रहेका छन् । दशरथ रंगशालाले आज दिउँसो सहिद स्मारक ए डिभिजन लिगको ईतिहासमा नयाँ च्याम्पियन क्लब पाउनेछ ।

लिग लिडर आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क रहेका छन् ।

लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछि रहेको छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।

प्रतिक्रिया