सिन्धुलीका पूर्वसेनानी होटलमा मृत भेटिए

नेपालखोज २०७६ फागुन ३ गते १२:३३

सिन्धुली ।सिन्धुलीको कमलामाई नगरपालिका–४ ढुंग्रेवासस्थित मुस्कान होटलमा एक नेपाली सेना मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मोरङ घर भएका ५९ वर्षीय नेपाली सेनाको पूर्वप्राविधिक प्रमुख सेनानी ज्ञानेन्द्रबहादुर रिजाल रहेका छन् ।

गएराति राती होटलमा खाना आएर सुतेका रिजाल आज बिहान अबेरसम्म पनि नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेर प्रहरीसहित हेर्दा रिजाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनु भयो ।

प्रहरीले होटलको कोठाको मुचुल्का उठाएर मृतक रिजालको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा पठाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया