७५ हजार घुससहित सिन्धुलीका इन्जिनियर पक्राउ
नेपालखोज
२०७६ फागुन ३ गते १२:३७
सिन्धुली । नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक इञ्जिनियर शेरबहादुर सुनार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले पक्राउ गरेको हो । सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनु भयो ।
प्रवक्ता कोइरालाका अनुसार इञ्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएका थिए ।
घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया