आइतबार, वैशाख १४, २०८२

सकारात्मक परिवर्तनका निम्ति खेल प्रतियोगिता

नेपालखोज २०७६ फागुन ३ गते २०:२४

काठमाण्डौ । ‘ सकारात्मक परिवर्तनका लागि खेल’ भन्ने मूल नारासहित ग्लोबल एक्सन नेपालको आयोजनामा तेश्रो अन्तर विद्यालय भलिबल तथा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा सिकाइ वातावरण तथा लिङ्गका आधारमा हुने भेदभाव न्यूनीकरणका सञ्चालित खेलौं खेलौं कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका तथा गोदावरी नगरपालिका भित्रका १२ वटा विद्यालयका १७५ जना विद्यार्थीहरुको सो प्रतियोगितामा सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रत्येक समूह बालबालिकाको मिश्रित समूह बनाएर खेल खेलाइएको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा भलिबलतर्फ युवा प्रतिभा विद्या मन्दिर प्रथम, जन उदय विद्यालय मन्दिर द्वितीय तथा सौल मावि तृतीय भएको छ । यसैगरी मिक्स डबल्समा त्रिरत्न सहकारी विद्यालय प्रथम, आदर्श सौल मावि द्वितीय तथा युवा प्रतिभा विद्या मन्दिर तृतीय भएको छ ।

विजेती तथा सहभागी विद्यालयलाई वाग्मति प्रदेशका सांसद जीवन खड्का तथा प्ले फर चेन्जका निर्देशक वलेरिअ इग्निसले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिक्रिया