शुक्रबार, वैशाख १२, २०८२

फागुन १५ र १६ ठूला दुलुङ्ग मेला हुने

नेपालखोज २०७६ फागुन ४ गते १३:२८

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिका वडा नं. ६ मा ठूला दुर्लुङ्ग मेला हुने भएको छ । नेपाल भ्रमण वर्ष सन २०२० सफल बनाउँदै स्थानीय उत्पादन, कला र सँस्कृतिको प्रचारप्रसार गर्नका लागि फागुन १५ र १६ गते गाउँपालिका वडा नं. ६ मा ठूला दुर्लुङ्ग मेला हुन लागेको हो ।
कला, सँस्कृति, कृषि पर्यटनको विकास र विस्तारका लागि कृषि प्रर्दशनी, पशु स्वास्थ्य शिबिर, शैक्षिक मेला, स्वास्थ्य शिबिर, घटना दर्ता, कला सँस्कृति प्रर्दशनी र बृहत्त साँस्कृतिक कार्यक्रम आयोजना गर्दै ठूला दुर्लुङ्ग मेला गर्न लागिएको महाँकाल गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तथा मूल आयोजक समितिका संयोजक रामकृष्ण आचार्यले जानकारी दिए ।

गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले ठूला दुर्लुङ्ग मेला गर्ने वार्षिक कार्यक्रम स्वीकृत गरेको थियो । सोही कार्यक्रम अन्तर्गत वडा नं. ६ ले ठूला दुर्लुङ्ग मेला गर्न लागेको हो ।

गत माघ २५ गते स्थानीयको आम भेलाले वडा नं. ६ का वडाध्यक्ष आचार्यको संयोजकत्वमा ७७ सदस्यीय मेला मूल आयोजक समिति निर्माण गरिसकेको छ । उक्त समितिमा शिक्षक, बुद्धिजिवी, युवा, किसान मजदुर जनप्रतिनिधि र समाजसेवी लगायतको सहभागिता रहेको छ ।

महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालको संयोजकत्वमा उपाध्यक्ष कमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे, ठूला दुर्लुङ्गमा जन्मि हुर्केर हाल काठमाडौंमा बस्दै आएका उच्चपदस्थ व्यक्ति लगायत गरी १२ सदस्यीय मेला सल्लाकार समिति निर्माण गरिएको छ । मेला सफल बनाउका लागि दशवटा उपसमिति निर्माण गरिएको आचार्यले बताए ।

उनका अनुसार कृषि मेला प्रर्दशनी उपसमिति, पशु स्वास्थ्य शिबिर व्यवस्थापन, मेलालाई ध्यानमा राखेर स्वास्थ्य शिबिर उपसमिति, प्रचारप्रसार तथा सम्मान उपसमिति, स्वयम् सेवाक परिचालन उपसमिति निर्माण गरिएको छ ।

त्यस्तै खानपान तथा बास व्यवस्थापन उपसमिति, स्वागतद्धार तथा मञ्च निर्माण व्यवस्थापन, खानेपानी सरसफाइ व्यवस्थापन, साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति र शैक्षिक मेला उपसमिति निर्माण गरिएको छ ।

सोही अवसरमा गाउँपालिकाले घुम्ति शिबिर समेत आयोजना गर्ने तयारी गरिएको छ । शिबिर गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सेवा नागरिकको घरदैलोसम्म पु¥याउने तयारी गरिएको छ ।  सो अवसरमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा विभन्न साँस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।

काठमाडौंबाट ६६ किलोमिटर दक्षिण भेगमा रहेको महाँकाल गाउँपालिकाको वडा नं. ६ मा पर्ने ठूला दुर्लुङ्ग प्राकृतिक दृष्ट्रिकोणले रमणीय स्थल हो । सो क्षेत्रमा स्थानीय बन्दा, काउली, मूला रायो, गोलभेडा, मूला लगायतका तरकारी अरगानीक उत्पादन हुने गरेको छ । कफि, चिया र लोड सल्लाह सो क्षेत्रको प्रमुख उत्पादन हो । चापागाउँबाट सार्वजनिक साधनको समेत चल्ने भएकाले अहिले ठूला दुर्लुङ्ग आवतजावतका लागि सहज भएको महाँकाल गाउँपालिकाले जनाएको छ ।

ठूलादुर्लुङ्ग भौगोलिक विकटता भए पनि स्थानीय तहको निर्वाचनपछि सो क्षेत्र क्रमिक रुपमा विकास हुँदै गएको छ ।
व्यवासायिक कृषि र पुशपालनमा स्थानीयलाई अगाडि बढाउँदै पर्यटन प्रबद्र्धन गरी सो क्षेत्रका आर्थिक र सामाजिक रूपान्तरण गर्ने लक्ष्य गाउँपालिकाले बनाएका गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए ।

प्राकृतिक दृश्यावलोकन र धार्मिक तिर्थस्थलका लागि महाँकाल गाउँपालिका क्षेत्र आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रतिक्रिया