टिपरको ठक्करबाट एकजनाको मृत्यु
नेपालखोज
२०७६ फागुन ६ गते ९:०४
काठमाडौँ । काठमाडौको शंकरापुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
शंकरापुरबाट बज्रयोगीनीका लागि छुटेको ना १ क ४५ ६४ नम्बरको टिप्परले स्थानीय ४० वर्षका एक पुरुषलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा शुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ । मृतकको शनाखत भएको छैन् ।
सम्बन्धित

प्रतिक्रिया