सोमबार, जेठ ७, २०८१

कोरोना भाइरसबाट २ हजारको मृत्यु, ७५ हजार बढी संक्रमित !

नेपालखोज २०७६ फागुन ७ गते ९:१२

एजेन्सी । चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ ।

हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको संख्या २ हजार ५ पुगेको समाचारमा जनाइएको छ ।
चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा थप एक÷एक जनाको मृत्यु भएको छ ।

भाइरस संक्रमणबाट बितेको २४ घण्टामा मात्र १ सय ३२ जनाको मृत्यु भएको छ । केहि दिनदेखि ज्यान गुमाउनेको संख्या घटेको भए पनि हिजो मृत्यु हुनेको संख्या फेरि बढेको हो ।

प्रतिक्रिया