आइतबार, भदौ ३०, २०८१

कागती सेवन गर्नाले यस्ता हुन्छन् फाइदाहरुः

नेपालखोज २०७६ फागुन ७ गते ११:००

१. अपच र कब्जियत 
अपच र अब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पु¥याउनेछ ।
२. कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

३.यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधा घण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ ।

४. कागतीको जुस बनाउनका लागि कागती, सम्भव भएसम्म सखर नभए चिनी र बिरेनुन आवश्यक हुन्छ । सफा पानीमा कागती निचोरेर सखर र बिरे नुन घोलेर खाँदा शरीरमा ऊर्जा मात्रै प्राप्त हुँदैन, शरीरका विकार समेत हटाउँछ ।

५.पुदिनाको पात पिँधेर अथवा त्यसको धुलो हाल्दा त्यसले सर्वतलाई झनै स्वादिलो बनाउनेमा त कुनै शंकै छैन ।

प्रतिक्रिया