शनिबार, वैशाख १५, २०८१

खुट्टाको स्याहार कसरी गर्ने

नेपालखोज २०७६ मंसिर १४ गते ७:१७

खुट्टाको रोग मुख्यरुपले दुई किसिमका हुन्छन्– स्नायु प्रणालीमा व्यवधान भएर हुने (ल्भगचयउबतजष्अ) र रक्त सञ्चारमा कमी भएर हुने (क्ष्कअजझष्अ) । स्नायुको विनास र रक्त सञ्चारमा कमी हुँदा खुट्टा र गोडाको तल्लो भागमा रोगको संक्रमण (क्ष्लाभअतष्यल) हुने र घाउ गल्ने सड्ने (न्बलनभचभलभ) हुँदा खुट्टैकाट्नु पर्ने अवस्था सिर्जना हुने खतरा अरुको भन्दा मधुमेहीमा ४० गुना बढी हुन्छ ।

अस्पतालहरुमा जति खुट्टा काटिइन्छन् त्यसमा ५०% मधुमेहीको हुने गर्दछ भनिन्छ । यो समस्यालाई धुर्मपानले ढाइगुना बढाउँछ “अर्थात् मधुमेह नभएकाको दाँजोमा शत” प्रतिशत नै बढी ! माथि उल्लेखित कारणहरु मध्ये एक वा कुनै –ल्भगचयउबतजथ बलमर यच क्ष्कअजझष्ब) को संयुक्त कारणले मधुमेही खुट्टा –म्ष्बदभतभक ँययत) को तन्तु (त्ष्ककगभ) मा नोक्सान पुग्न जान्छ । खुट्टामा रक्त प्रवाह गर्ने नली साँघुरो हुँदै जानाले मधुमेहीलाई खुट्टाको घाउ बढी हुन्छ । यस्ता रोगीमा रक्तनलीको भित्री सतहमा बोसो, कोलेष्ट्रोल र क्याल्सियम धेरै चाडै जम्छ । खुट्टाका रक्तनली साघुरिंदा रक्त सञ्चारमा व्यवधान आउँछ ।

खुट्टामा चोट पटक लाग्दा समेत थाहा पाउन नसक्दा समयमा उपचार पनि हुँदैन । घाउ बल्झेर जटील हुँदै जाँदा तन्तु कडा र कमजोर हुँदै जान्छ । त्यस्तो अवस्थामा हड्डीमा बढी दबाब पर्न गई घाउ गहिरिंदै जान्छ । उकुच भै खुट्टा कुहिंदै जानु (न्बलनचभलभ) को कारण नै रक्तनली साँघुरो भई अक्सीजन युक्त शुद्ध रगतको आपूर्ति अवरुद्ध हुनु हो । अनि त खुट्टा नै काट्नु पर्ने अवस्था आईलाग्छ ।

घाउको उपचार जटिल हुन जाँदा डप्लर स्कान तथा एन्जियोग्राफी समेतको विशिष्ट उपचार सुविधा सम्पन्न अस्पतालमा पुगी रक्त नलीकै पुनः निर्माण गर्नुपर्ने, वाईपास शल्यक्रिया गर्नु पर्ने वा शरीरको अन्यभागको छाला झिकी खुट्टाको घाउमा लगाउनु पर्ने वा आवश्यकता अनुसार ‘हाईपरव्यारिक अक्सिजन थेरापी’ समेत नै गर्नुपर्ने भएका समेत जे जसो आवश्यकता पर्छ सो गर्नुपर्ने हुन्छ । निः सन्देह यस्तो चर्को खर्चिलो उपचार सर्वसाधारण व्यक्तिको हैसियत वाहिरको कुरा हुन जान्छ । तसर्थ यस्तो समस्या नै उत्पन्न हुनै नदिन बचाउनको लागि अग्रीम सोच गर्नु अति नै आवश्यकता छ । सामान्य अवस्थामा नियमित रुपले खुट्टाको स्याहार यसरी गर्नुपर्छः

. दिनहुँ खुट्टाको जाँच गर्नुपर्छ – घाउ, फोका, ठेला, फुटेको, बिझेको, नङ गाडिएको इत्यादि केही छ÷ छैन ।

. नरम खालको साबुन र मनतातो पानीले दिनहुँ खुट्टा धुनु पर्छ । नरम तौलियाले नदली केवल थप थपाएर पानी सोसि खुट्टालाई सुखा पार्नु पर्छ – खासगरी औँलाको कापमा ।

. सुख्खा छालामा ःयष्कतगचष्शष्लन बिलयष्लि क्रीम र पसीना आउने छालामा हलुकासँग टाल्कम पाउडर लगाउनु पर्छ ।
. होचो कुर्कुचो भएको –बढीमा १ ईन्च) छालाको चुच्चो नपरेको फीत्तावाल वा आफूलाई सजिलो हुने गरी स्ट्रायाप (क्तचबउ) बाँध्न मिल्ने जुत्ता लगाउनु पर्छ ।

. खुट्टामा कुनै समस्या छ भने वा खुट्टामा चेतलशीलताको कमी छ भने, विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिमको जुत्ता बनाउन लगाएर पनि लगाउनु पर्छ ।

. रगतमा चिनीको मात्रा निश्चित रुपमा ठिक्क पारी राख्ने गर्नुपर्छ ।

. जुत्ता लगाउँदा भित्र पट्टि छामी हेरी घोच्ने दुखाउने केही छ÷ छैन जाँचेर हेर्ने गर्नुपर्छ ।

. यथासम्भव खुकुलो खालको पिडौलामा नकसिइने ऊनी वा सुती वा यस्तै प्राकृतिक वस्तुमा बनेको मोजामात्र लाउनु पछृ ।

. खुट्टामा गाडा नीलो वा कालो रङ देखाप¥यो भने अथवा कुनै घाउचोट छिटो निको भएन वा उचुक पल्टिन थाल्यो भने तुरुन्तै सम्बन्धीत चिकित्सकसँग सल्लाह गरी हाल्नु पर्छ ।

. चिकित्सकको सल्लाह बेगर जे पायो त्यो औषधी खुट्टामा लाउनु हुँदैन् ।

. तातोपानी वा तातोपानीको व्याग वा हट् प्याड खुट्टामा राख्नु हुँदैन् । पानी कति तातो छ थाहा पाउन पनि हात खुट्टाका औंला डुबाएर नभै नाडी वा कुहिनाले मात्र छाम्नु पर्छ वा यो काम अरुबाट गराउनु पर्छ ।

. छालालाई मुलायम राख्ने ( ःयष्कतगचष्शष्लन) क्रीम औंलाहरुको कापमा लगाउन हुँदैन् ।

. कस्सिइने खालको जुत्ता वा अलिकति कसिएको नयाँ जुत्ता पछि खुकुलो भैहाल्छ भनेर पपनि खुट्टा दुखाएर लाउनै हुँदैन । मिल्ने नयाँ जुत्ता पनि सुरुमा लगातार २ घण्टाभन्दा बढी लाउनु हुँदैन ।

. नाङ्गो खुट्टाले हिँड्नु हुँदैन् ।

. घाउ खटिराको नियमित सफाइ चिकित्सा सेवाको व्यक्तिको सल्लाह अनुसार गर्नुपर्छ ।

. धुम्रपान गर्नु हुँदैन् ।

. मधुमेहीलाई खुट्टाको समस्या सजिलै उत्पन्न हुन्छ । मधुमेही खुट्टा तातो÷ चीसो भएको, खुट्टा दुखेको वा टन्केको थाहा पाउन सक्छन् । यसो भएर नै थाहा नपाउँदा पाउँदै खुट्टाको छाला बिग्रन थाल्छ । तसर्थ, प्रत्येक मधुमेहीले आफ्नो खुट्टाको स्याहारमा समुचित ध्यान दिन अति आवश्यक छ ।
साभारः विश्व मधुमेह दिवस २००५
(विशेष बुलेटिन)

प्रतिक्रिया