घरमा यी बिरुवा हुँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ
१.तुलसी
तुलसी स्वास्थ्यका हिसाबले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी बिरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक ऊर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ ।
२.मेहन्दी
सकारात्मक ऊर्जाका लागि शरीर तथा मन चुस्त र दुरुस्त हुन आवश्यक हुन्छ । शरीर र मनको थकानलाई टाढा गर्न लागि मेहन्दी निकै फाइदाजनक हुन्छ । यो बिरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।
३.मनिप्लान्ट
घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुनेछ । यस बिरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ ।
४.घ्यूकुमारी
शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्त्व छ तर के तपाईंलाई घरमा रहेको नकारात्म ऊर्जा हटाउनका लागि एलोभेरा महत्त्वपूर्ण हुने कुरा जानकारी छ ?
५. बाँस
बेम्बो ट्रीले भाग्य तथा प्यारयुक्त अवस्था बनाइराख्नका लागि सहयाता गर्छ । यो सानो खालको बाँसलाई खासै हेरचाहको आवश्यकता पनि पर्दैन ।
प्रतिक्रिया