शनिबार, फागुन ३, २०८१

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा

नेपालखोज २०७६ फागुन ९ गते १३:४०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। बैँकले मोरंगको कन्चनबारी, कास्कीको हस्पिटल चोक र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको हो।

बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया