शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्री बन्ने सपना देखेका वामदेवलाई राष्ट्रिय सभाको सांसद बनाईँदै

नेपालखोज २०७६ फागुन ११ गते ६:३९

काठमाडौं । निर्वाचनबाट विजयी भएरमात्र सांसद बन्छु र आफ्नै क्षेत्रबाट निर्वाचन लड्छु भन्दै आईरहेका नेकपामा उपाध्यक्ष बामदेव गौतमलाई अन्तत ः सांसद बनाई भएको छ ।

राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो ।

फागुन २० गते हालका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिँदै छ । खतिवडा कै ठाउँमा गौतमलाई लान खोजिएको नेकपापा श्रोतले बताएको छ ।

एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी भएको पनि श्रोतले बताएको छ ।

नेकपा उच्च स्रोतका अनुसार अनुकूल परिस्थितिमा संविधान संशोधन गर्ने प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताको आश्वासनपछि गौतमले आफ्नो पुरानो अडान छाडेका हुन् । सो अडान छाडेकै कारण बामेदव सांसद बन्न पाउने भएका हुन् ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर पार्टी सहमतिको जानकारी गराइसकेका छन् । शनिबार सचिवालय बैठकलगत्तै पहिला प्रचण्ड र त्यसपछि प्रधानमन्त्री ओली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।

यसअघि गौतमले राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बन्ने सुनिश्चित गर्न नसके प्रतिनिधिसभामा जाने बाटो तयार गरिदिन माग गरेका थिए । प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया