बिहीबार, वैशाख १३, २०८१

काठमाडौं शहरमा ‘कुहु कुहु’ : समानतामा अधिकारको उपभोग गर्दै कोइली

नेपालखोज २०७७ वैशाख २७ गते ९:२८

कल्पना भन्दा बाहिरको कुरा । आधुनिक कवि र साहित्यकारले कल्पना गर्न छोडेको कुरा । हुदैँ नहुने कुरा, कसैले गर्न पनि गर्दैन सोच्न पनि सोच्दैन । काठमाडौंमा दिउँसै रुखो (सवारीसाधनको) आवाज रोकिने र कोकिल कण्ठ गुन्जिने कुरा । हो, यो कुरा साँच्चिकै कल्पनाभन्दा बाहिरकै हो र कल्पनामा गर्न नसकिने कुरा व्यवहारिक जीवनमा झनै असम्भव हुन्छ ।

स्वास्थ्य र शरीरले साथ दिए यो संसारमा धेरै कुरा देखिन्छ भन्थे । हो रहेछ । कल्पना भन्दा पनि बाहिरको कुरा शरीरले साथ दिए देख्न र सुन्न सकिने रहेछ ।

विश्व अहिले कोरोनाको महामारीले संकटका रुपमा गुज्रिररहेको छ । महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुक प्रभावित छ, भने विश्वको अर्थव्यवस्थासँगै विकासका काम प्रायः ठप्प रहेका छन् । नेपाल पनि यसबाट अछुत रहन सकेको छैन ।

लकडाउनमा जिन्दगी चलाई रहेको आज डेढ महिना वितिसकेको छ । सहरमा मानिससँगै गाडी मोटर समेत घर भित्रै थुनिएका छन् । बाहिरी विश्वमा आफ्नो ताण्डव देखाउन नसेकेका सवारी साधन तथा उद्योग धन्दाका कारण समग्र भुमण्डलको वातावरणमा स्वच्छ, सफा र हरियालीमात्रै छाएको छैन कि, ति ब्रमाण्डलमा बसोबास गर्ने समान हक भएका सम्पूर्ण जिवजन्तुले समेत आफ्नो अधिकारको अनुभुति गरिरहेका छन् ।

नदिको पानी स्वच्छ बगिरहेको छ भने धुँवाको मुस्लोलाई लखेटेको आकशले आफ्नो सुन्दर अनुहार प्रस्तुत गरिरहेको छ मानौ कि फेसवासले भर्खरै मुख धोएको जस्तो ।

वर्तमान समयमा मानिसको जन्मजातको सहयात्री बनेका छन् वैज्ञानिक आविस्कार । जन्मजात मात्रै होइन कि, गर्भावस्थादेखि नै वैज्ञानिक आविष्कारसँगै लडिबुडी धर्तिमा पाइला टेक्न पुग्दछ एउटा मानव । सहर बजारहोस् अथवा गाउँ घर नै किन नहोस अहिलेको समयमा वालकको हुर्काइ बढाई ती निर्जिव खेलौनासँग नै वित्दछ । मन मुटु नभएका ति निर्जिव बजारिया खेलौनासँगको यात्रा मृत्यु प्रयन्त चलि नै रहन्छ ।
साना खेलौनाबाट सुरु गरेको जीवनको यात्रामा पाइलापाइलामा भौतिकतावादले आफ्नो स्थान सुरक्षित राखेको हुन्छ । ती भौतिक साधनसँग जति नै सम्पर्कमा भएपनि मानिस घुलमिल र आत्मिय हुन भने सक्दै सक्दैन !

सुर न तालका सवारी साधनको आवाजले कान नै कर्कसाउँदो त्यो समय । लकडाउन अर्थात् बन्दाबन्दिले प्रकृतिको समग्रतालाई ठूलो फाइदा पुगेको अनुभुति सबैमा भएको छ । त्यस माथि हिमालको छाँयामा रहेको काठमाडौंको प्राकृतिक सुन्दरता र स्वच्छतामा त झनै ठूलो परिवर्तन देख्न पाइएको छ ।

उपत्यकाको भौगोलिक, जनघनत्व र वायुप्रदुषणको केन्द्र भाग भन्दा, ठ्क्कै अनुमान लगाउन सकिने स्थान हो, काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र । २४ घण्टा र सातै दिन सुर न तालका उराठ लाग्दो रुखो आवाजलाई अमिलो मन बनाएर सुन्नै पर्ने सवारी साधनको आवाज । एक्कासी बन्दहुनु भनेको साँच्चिकै कल्पना भन्दा बाहिरको कुरा होइन र ?

धन्य भएका छ कोरोना ! दशकौंदेखि काठमाडौंका खुल्ला आकाशका हावाको बेगसँग हराएका कोइलीका कुँहु कुँहु शहरको कोलाहललाई पछार्द गुञ्जयमान भईरहेको छ । टिंटि र टुटुलाई गलहत्याएर लकडाउको मौका छोप्दै गीत गुन्जाए झै भन्दै छ काफल पाक्यो !

व्यक्तिगत स्वतन्त्रता, त्यसैमाथि कान त झन आफ्नो निजी सम्पत्ति र जन्मदेखि मृत्युसम्मको सहयात्री । मन, मस्तिक र कान स्वयमले मन नपराइ नपराइ आफै आएका पाहुना (सवारीको आवाज) लाई स्वीकार्नु परेको अवस्था ।

वर्षौदेखि चट्टान झै ठडिएर रहेको आवाजलाई चिर्दै एक्कासी कोकिल कण्ठको आवाजले मन शान्त भयो । आश्र्चय चकित भयो मन । स्वच्छ सफा पवित्र गंगामा स्नान गरे जस्तै भयो मन । हो कल्पना भन्दा बाहिरको कुराले अनौठो अनुभुति भयो मन ।

मानिसको पृष्ठभुमि नै जंगल हो । जुन कुरा विज्ञानले प्रमाणित गरी सकेको छ । विज्ञानले प्रमाणित गरेको कुरालाई कसैले नकार्न सक्दैन । त्यसकारण कहिकतै थोरै मात्रामा भएपनि जंगलप्रतिको आस्था मोह र प्रकृतिसँगको निकटना मानिसमा लुकेकै हुन्छ ।

सहर बजारमै हुर्केर भएपनि मन मुटु नभएका ति निर्जिव बजारीया खेलाउनासँग दशकौँ कटाए पनि महिना दिनमा देखिने पशुपतिको बाँदर होस् अथवा बसन्तपुरको परेवा वा कुनै चिडियाखानाका बन्द जीवजन्तु अथवा टिभी मै देखिने जनावर नै किन नहोस् वालक होस् वा वृद्ध जवान नै किन नहोस जीवजन्तु र तिनका क्रियाकलापमा उसको मन नै फुरुङ र रमाएको देखिन्छ ।

आधुनिकतावादको परिचय दिंदै मदिराको तालमा मर्म विनाको संगीत र नृत्यमा रमाउनेहरु सामान्य वाँसको लठ्ठीको प्वालबाट निस्केको ध्वनिमा विलय हुन पुग्छन् । यो नै हो प्रकृतिसँगको निकटता । हिमालको दृश्यमा हाँस्ने र झरनाको सङ्गीतमा नाच्ने मानवीय स्वभाव हो । रुपलाई नहेरी कोइलीको आवाजमा पागल हुने मानवीय चरित्र हो ।

त्यसैले त होला नि मानिस प्रकृतिसँगको प्रतिस्पर्धाका रुपमा चिनिने बम्पी जम्पी होस अथवा प्याराग्लाइडिङ्ग वा ¥याफ्टिङ नै किन नहोस् उ खुव रमाए खेलेको हुन्छ ।

सृष्टिमा मानिस नै आपूmले आफैलाई सबैभन्दा ज्ञानी, बुद्धि र विवकी ठान्दछ । त्यस्कै कारणले पनि होला प्राकृतिक सम्पदाको एक्लो हकदारको रुपमा आफ्नो मन लाग्दी काम गर्दछ उ । मानिसका क्रियाकलापकै कारण विचरा निर्दोष जीवजन्तुसँगै समग्र ब्रम्हाण्डलले गर्दै नगरेको गल्तिको सजाय पाइरहेका छन् ।

प्रकृतिको नियम न त हो, गल्तिगर्ने नै सबैभन्दा बढि सजाएको भागिदार हुनुपर्ने । हो, त्यस्को जिम्मेवारी समग्र मानव समुदाय नै हो । वास्तममा मानिसको क्रियाकलापकै कारण वाहिरी संसारका अन्य जीवजन्तुसँग अनुहार देखाउन योग्य नभएर मुखबन्दी अर्थात आधुनिकतावादको भाषामा मास्कले छोप्ने गरेका हुन् । प्राकृतिक सम्पदाको अत्याधिक दोहनको पराकाष्टामा पुगे पछि मुखबन्दीमा सिमित नभई समग्र शरीरनै लुकाउन पर्ने अवस्थाको सृजना भयो अर्थात आधुनिकतावादको भाषामा लकडाउनको सजाएको भागिदार हुनु ।
बन्दाबन्दी अघि सवारीको अत्याधिक चापले भरिभराउ जस्तै हुने सडक अहिले शान्त र आर्कषक देखिन थालेको छन् । यस अघि सवारी साधनको अत्याधिक चापले खुम्चिएका सडक अहिले फराकिला भएका छन् । मानौँ वषौँ देखिको उकुमुकुसमा गुज्रिरहेका ती सडकले लामो सास फर्न पाएका छन् ।
उपत्यकामा अहिले घमाइलो मौसम, धुलो र धुँवा रहित रंगरोगन गरिएका खाली सडक बिहेकालागि सिँगारिएकी बेहुली जस्तो चिटिक्क पारिएको । बन्दाबन्दीका कारण राजधानीका सडक खाली छन् आकाश निलो देखिन्छ । उपत्यका वरिपरिका डाँडाकाँढा र उत्तरतिरका हिमाल छर्लङ्क देख्न सकिन्छ । राति आकाशमा चन्द्रमा प्रष्ट देखिन्छ ।

लकडाउनसँगै, काठमाडौं सहित देशैभर वायु प्रदुषण घटेको आफै अनुभव गर्न सकिन्छ । झन् त्यसै माथि बसन्त ऋृतुको भ्रमणको समयले सुन माथि सुगन्ध थप्ने काम गरिरहेको छ ।

कोरोना भाइरस कोभिड–१९ को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । अधिकांश सर्वसाधारण घरमै क्वारेन्टाइनमा दिन बिताइरहेका छन् । लकडाउनकै कारणले उपत्यकाको वायू प्रदुषण ह्वातै कमी भएको छ । त्यतिमात्रै होइन उपत्यकाको मौसम र चराचुरुङ्गीको आवाजले उपत्यकामा छुटै रौनकता मात्रै थपेको छैन । सवारीको अत्याधिक चापले भरिभराउ जस्तै हुने सडक अहिले शान्त र आर्कषक देखिन थालेको छन् ।

आँखाले देख्न नसकिने धुलोका कण पीएम २.५ को मात्रामा अहिले उल्लेख्य गिरावट आएको छ । काठमाडौं सहित देशका विभिन्न स्थानमा यति बेला पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्ड जत्तिकै र कतिपय स्थानमा त्यो भन्दा पनि कम देखिएको छ ।
एक अध्ययनका अनुसार वायु प्रदुषणको मुख्य स्रोत सवारी साधन हुन् ।

सवारी साधन ठप्प प्रायः भएकाले प्रदुषण घटेको हो । काठमाडौंमा मात्र दैनिक करिब २० लाख सवारी गुड्छन् । यति बेला एम्बुलेन्स बाहेक अनावश्यक गाडी गुडेका छैनन् । वायु प्रदुषणको ठूलो स्रोत मानिने इँटा भट्टा र कलकारखाना सबै बन्द छन् । त्यसले पनि राहत मिलेको हो ।

वतावरणविद्ले कोभिड–१९ को संक्रमण रोक्न लगाइएको लकडाउनका कारण विश्व भरका वायु प्रदुषण उल्लेख्य रुपका घटेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया