बिहीबार, वैशाख १३, २०८१

सरकारले कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन गर्न प्राविधिक खोज्दै

नेपालखोज २०७६ फागुन ११ गते १०:२७

काठमाडौँ । सरकारले जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग संचालनका लागि प्राविधिक कर्मचारी माग गरेका छ ।

नेपाल रेल्वे कम्पनीले विभिन्न ९ प्राविधिक पदमा २६ जना नेपाली कर्मचारीको आवेदन माग गरेको छ । कम्पनीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन बुझाउन अनुरोध गरेको छ ।

सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङ, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १÷१ जना, स्टेसन मास्टर ८ जना तथा लोको पाइलट, सहलोको पाइलट, पी.वे. सुपरभाइजर, मेकानिक, पोइन्टस मेन ३÷३ जना माग गरिएको छ ।

२०७६ माग ६ गते मन्त्रिपरिषद्ले रेल सेवा सञ्चालनका आवश्यक दक्ष श्रमिक नेपाली नागरिबाट आपूर्ति हुन नसकेमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम २६ जनासम्म विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक सहमति दिइएको छ ।

सोही दिन कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन गर्न विभिन्न ४५ पदको २ सय २६ दरबन्दीमा करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।

प्रतिक्रिया