मंगलबार, वैशाख ४, २०८१

बिपीको पूर्णकदको शालीक निर्माण

नेपालखोज २०७६ फागुन ११ गते १२:४९

काठमाडौँ । झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइराला (बिपी)को पूर्णकदको शालीक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालीक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

 ५ फुट ६ इञ्च अग्लो शालीकको कलाकार हिम्मत नेम्बाङले निर्माण गर्नुभएको हो । विसं २०४८ सालदेखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार बिघा आठ कठ्ठा जग्गामा बिपी वन बाटिका निर्माण गरेका हुन् । नगरपालिकाले उक्त जग्गामा तारबार गरी संरक्षण गरिरहेको छ ।

प्रतिक्रिया